खेलकुद राष्ट्रिय

पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै म्याराथनमा जितिन् स्वर्ण पदक

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् ।
ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन ।
सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो पदक जितिन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन् ।
पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमा पछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page