राष्ट्रिय समाचार

गृहमन्त्रालयको एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं, पुष २४ गते । गृहमन्त्रालयले एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेसँगै गृह मन्त्रालयले एक लाखको संख्यामा म्यादी प्रहरीको भर्नाका लागि आवश्यक तयारी गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
निर्वाचनमा एक लाख म्यादी प्रहरीबाहेक निर्वाचनको सुरक्षाको लागि एक लाख ३९ हजार ६०० सुरक्षाकर्मी आवश्यक पर्ने हुनाले ४५ देखि ५० हजार प्रहरी, २५ देखि २८ हजार सशस्त्र प्रहरी, ६० हजार नेपाली सेना र १६ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी रहेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page