राष्ट्रिय

माघ एक गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं , २०७७ पुष २६ गते । सरकारले माघ एक गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले माघी तथा माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले विदा दिने निर्णय गरेको हो । माघ एक गते थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउने गरेका छन् । अन्यले माघे संक्रान्तिको रुपमा यो पर्व मनाउने गर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page