अर्थतन्त्र

सगरमाथा बहुमुखी सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप , २०७७ पुष २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले आज शनिवार १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीको विकास बिना नगरको विकास हुन नसक्ने कुरा प्रमुख अतिथि तथा नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो । सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेड रुपनगरको १५ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले सो कुरा बताउनुभएको हो ।
सहकारीले सामान्य नागरीक र किसानको उन्नती कसरी हुन्छ त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उहाँले बताउँनुभयो । सहकारीले सुफद मूल्यको पसल खोलेर उदाहरणीय काम गरेको र अझै रचनात्मक तथा आर्थिक उन्नती हुने खालको कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्ने मिश्रले बताउनुभयो ।


वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले सहकारीको दिन प्रतिदिन उन्नती र सुधार हुर्दै गएकोमा खुशी व्यक्त गर्दै अझै आर्थिक क्रान्तिको छलाङ मारी सामान्य नागरीकको जीवनस्तर उकास्ने कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष दिलीप चौधरी, सेयर सदस्य , कर्मचारी , बुद्धिजीवि , समाजसेवी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सगरमाथा बहुमुखी सहकारी संस्थाले २ करोड २ लाख ६० हजार ३ सय ८० रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो । संस्थाले २०७६÷०७७ मा ९ लाख ४८ हजार ५ सय २९ रुपैया आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष राजन अकिारीले बताउनुभयो ।
सहकारीले गत कार्तिक देखि सर्वसधारणलाई गुणस्तरीय तथा सुफद मुल्यको सहारी बजार (मिनि मार्ट) पसल समेत संञ्चालमा ल्याएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य शम्भू घिमिरेले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page