स्वास्थ्य

कञ्चनरुपमा दुई दिने पोषण कार्यक्रमको समिक्षा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि सुरु

कञ्चनरुप , २७ पुष । 

सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज सोमबारबाट दुई दिने पोषण कार्यक्रमको समिक्षा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि सुरु गरेको छ । 

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सानै उमेरदेखि बालबालिकाहरुलाई पोसिलो खानेकुरा र पौष्टिक आहार खुवाएमा बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउन सकिने बताउँदै टोलटोलमा गएर अभिभावकहरुलाई पोसिलो खानेकुरा र पौष्टिक आहारबाट हुने फाइदा तथा कुपोशित भएका बच्चाहरुलाई हुने असरका बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, , सुरेन्द्र प्रसाद यादव , प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका डा. संजिव कुमार झा, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले नगरबाटै कुपोषित हुने बालबालिकाको पहिचान गरी कुपोषणलाई अन्त्य गर्ने अभियानमा स्वास्थ्यकर्मीहरु लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कुपोषित बालबालिकाहरुको पहिचान गरी पोषण युक्त खाना खुवाउने, पोषण शिक्षा प्रदान गरी बिरामी बच्चाहरुलाई स्वास्थ्य उपचार गरी कुपोषणबाट मुक्त गर्ने उदेश्य रहेको बताउनुभयो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page