शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
शिक्षा

राजविराजमा इन्सेकको आयोजनामा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया

राजविराज , ०७७ पुस २७ गते । सप्तरीको राजविराजमा इन्सेकको आयोजनामा शिक्षक, अभिभावक र विद्यार्थीहरु सँगै बसेर शिक्षाको अधिकार र समस्याबारे अन्तरक्रिया गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा नगरस्तरीय मानवअधिकार समूहको सहकार्यमा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयका सहप्रधानाध्यापक मोहन मिश्रले विद्यार्थीको चाप बढदै गएको र अनुशासन कमजोर हुँदै गएकाले विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, बिद्यार्थीका साथै सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा महिला शिक्षक निता यादवले स्वास्थ्य सुरक्षा अपनाउँदै बेञ्चमा २ जना बिद्यार्थी राखेर पढाउन सुरु गरिएकोमा बिद्यार्थी सङ्ख्या बढ्दै गएपछि ५ जनासम्म राखेर पढाउनु पर्ने अवस्था आएको बताउनु भयो । अर्की महिला शिक्षक डल्लीकुमारी सिंहले सर्तकतापूर्वक पढाउन थालिए पनि कतिपय अभिभावकले सरसफाई नगरी र मास्क समेत नदिएर बालबालिकालाई बिद्यालय पठाउने गरेको गुनासो गर्नुभयो ।
अभिभावक बशिष्टनारायण झाले सरकारले महत्व र सुविधा दिएपछि सामुदायिक बिद्यालयतर्फ आर्कषण बढदै गएको तर शिक्षा समन्वय इकाई र स्थानीय तहको ध्यान पुग्न नसकेको बताउनु भयो ।
बिद्यार्थी पुनम भगतले पुरै घण्टी कक्षा हुन नसकेकोले परीक्षाको तयारीमा अवरोध भएको र प्रयोगात्मक कक्षा नहुने गरेको बताउनु भयो । बिद्यार्थी संगीता यादवले सरसफाई कर्मचारी भएपनि शौचालय फोहोर रहने गरेको, सबै बिद्यार्थीहरुको गृहकार्य परीक्षण नहुने गरेको बताउनु भयो ।

महिला शिक्षक सुमित्रा दासले अभिभावकलाई समय–समयमा बिद्यालय आएर अनुगमन गर्न आग्रह गर्नुभयो भने महिला शिक्षक राशोदेबी साहले स्टाफ नर्स नियुक्त भएपनि ज्वरो नाप्ने थर्मामिटर, साबुनदेखि स्वास्थ्य सामाग्रीको व्यवस्था हुन नसकेको बताउनु भयो ।
अभिभावक जितेन्द्र झाले कोभिड–१९ को जोखिमप्रति बिद्यालय सतर्क नदेखिएको र कतिपय शिक्षकहरुको पढाउने कार्यमा रुची नदेखिएको भन्नु हुँदै शिक्षा समन्वय इकाईले छडके अनुगमन गर्नुपर्ने बताउनु भयो । अभिभावकहरुले बिद्यार्थीहरुसँग मासिक, त्रैमासिक परीक्षा लिई मूल्यांकन प्रणाली अपनाउन सके बिद्यार्थी र अभिभावक सचेत हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले एक पक्षको अधिकारसँगै अर्को पक्षको कर्तव्य जोडिएकाले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति सबै जना गम्भिर बन्नु पर्ने बताउनु भयो । शिक्षक, अभिभावक र बिद्यार्थीले पालना गर्नुपर्ने नियम बनाउन र समय–समयमा अन्तक्रिया गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव अधिकार निगरानी समूहका संयोजक रघुबर साहले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिनुभयो । साहले सरोकारवालाहरूबीच समस्याहरू केलाउन र समाधानको उपाय खोज्न अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
सहजकर्ता दिपककुमार यादवले कार्यक्रमको उद्देश्य बताएपछि सुरु भएको अन्तरक्रियामा पत्रकार दिनानाथ यादव, शिक्षक गिरीराज पौडेल, अभिभावक रामअवतार मण्डल, बिद्यार्थीहरु राधाकुमारी यादव, राकेश यादव, बिरेन्द्र यादवलगायतले समस्याबारे जानकारी गराउनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page