स्वास्थ्य

दुई दिने पालिकास्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि सम्पन्न

कञ्चनरुप, २०७७ पुष २८ गते । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने प्रतिबद्धता जनाउँदै दुई दिने पालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि मंगलबार सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरद्वारा आयोजित गोष्ठिमा सहभागी सबै स्वास्थ्यकमीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सुक्ष्म तरिकाले राम्रोसँग अध्ययन गरी क्षमतामा बृद्धिगरी राम्रोमा राम्रो हुने गरी काम गरेमा स्वास्थ्यकर्मीहरुले सोचेभन्दा राम्रो सफलता हाँसिल गर्न सक्ने बताउनुभयो ।


स्वास्थ्य संस्थालाई राम्रो बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराखी काम गर्ने र स्वास्थ्यकमीहरुले समेत नगरबासीलाई राम्रो तरीकाले स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले ६ महिनादेखि २ वर्ष सम्मका बालबालिकाहरुको तौल लिने , महिला स्वयमसेविकाहरुद्वारा लक्षित समूहका बालबालिकाहरुको पाखुराको नाप लिने, कम तौल भएका बच्चाहरुको अभिभावकलाई पोषण शिक्षा प्रदान गर्ने , पोषणयुक्त खानेकुरामा विशेष जोड दिने जस्ता लक्ष्य रहेको र यसलाई प्रभावकारी ढंगबाट अगाडि बढाइने जानकारी गराउनुभयो ।

स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्रप्रसाद यादव, अनमी तृप्ती कुमारी साह , पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले पोषण कार्यक्रम बालबालिकाहरुका लागि अतिनै महत्वपूर्ण रहेकोले यसलाई प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
सहभागिको तर्फबाट जनस्वास्थ्य निरीक्षक भरत प्रसाद गुप्ताले २ वर्ष भित्र बालबालिकाको ८० प्रतिशत विकास हुने भएकाले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन नगर भित्रका सबै स्वास्थ्यकर्मीहरु एकजुट भई काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page