स्वास्थ्य

विभिन्न सरुवा रोग, नसर्ने रोग, जुनुटिक्स, मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया सम्पन्न

कञ्चनरुप, २०७७ पुष २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज बुधबार विभिन्न सरुवा रोग, नसर्ने रोग, जुनुटिक्स, मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानव जिवनका लागि रोग ठुलो शत्रु भएको हुँदा रोग लाग्नुभन्दा रोगै लाग्न नदिने उपायहरु अपनाउनुपर्ने बताउनु भयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कञ्चनरुप नगरपालिकामा तथ्याङ्क हेर्दा सरुवा रोग भन्दा नसर्ने रोग बढी पाइएकोले यसलाई न्यूनिकरण गर्नका लागि अस्वस्थ आचरण र आनिबानीलाई त्यागनका लागि जनतामा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले विभिन्न सरुवा रोग, नसर्ने रोग सम्बन्धि जनचेतना फैलाउने तथा सर्वव्यापि स्वास्थ्य सेवामा पहुँच पु¥याउन सहयोग पु¥याउने उदेश्य रहेको र विभिन्न सरुवा रोग, नसर्ने रोग, जुनिटिक्स, मानसिक स्वास्थ्य सम्बन्धि जानकारी भई स्वस्थ रहन प्रोत्साहित हुने अपेक्षित प्रतिफल रहेको कुराको जानकारी गराउनुभएको थियो ।
उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , नगर प्रवक्ता राजकुमार साह, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव , वडा नम्बर १ का वडा अध्यक्ष करिम शेष, पोषण कार्यक्रमकि सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


वडा नम्बर १ देखि १२ नम्बर वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु सहभागि अन्तरक्रिया कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका डा. संजिव कुमार झाले सहजीकरण गर्नुभएको थियो भने निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page