शिक्षा

संस्थापक परिवारद्वारा शंकर माध्यमिक विद्यालय रुपनगरलाई एक सय थान सुइटर प्रदान

उत्सव आचार्य /
कञ्चनरुप, २९ पुष ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको शंकर माध्यमिक विद्यालय रुपनगरको ६९ औं वार्षिक उत्सवको अवसरमा विद्यालयका संस्थापक परिवारले विपन्न छात्रछात्राहरुलाई १ सय थान सुइटर प्रदान गर्नुभएको छ ।
विद्यालयका संस्थापक स्व. कुमारलाल श्रेष्ठका छोरा पूर्व डिआइजि प्रेमलाल श्रेष्ठले विद्यालयमा अध्ययन गर्ने जेहेन्दार, अतिविपन्न छात्रछात्राहरु १ सय जनालाई वितरण गर्ने गरी विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद साहलाई एक मुस्ट एक सय थान सुइटर हस्तान्तरण गनुृभएको हो ।


सोही अवसरमा रोटटरी कल्ब काठमाडौंको अगुवाइमा विद्यालयको शैक्षिक भौतिक विकासका लागि जुम मिटिङ्ग समेत गरिएको विद्यालयका शिक्षक ज्याहुल हकले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै पूर्व डिआइजि प्रेमलाल श्रेष्ठले अनुसाशित रुपमा गुणस्तरीय शिक्षा प्रदान गरे मा विद्यालय राम्रोसँग अगाडि बढ्ने बताउनुभएको थियो ।

संस्थापक परिवारका सदस्यहरु तातासा श्रेष्ठ, डा. डेनिस श्रेष्ठ, श्रद्धा श्रेष्ठ लगायतका वक्ताहरुले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूहरुको तर्फबाट सक्दो सहयोग रहने बताउँनुभयो ।

कार्यक्रम संचालन शिक्षक प्रमोद कटुवालले गर्नुभएको थियो भने विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page