समाचार सूचना प्रविधि

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौं साधारण सभा सम्पन्न

उत्तम आचार्य /
कञ्चनरुप /सप्तरी , ४ माघ ।
नेपाल पत्रकार महासंघ शाखा, सप्तरीको दशौं साधारण सभा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा, सप्तरीद्वारा आयोजित सभामा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउतले नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका पूर्वअध्यक्षहरुलाई सम्मान–पत्र एवं दोसल्लाले सम्मान गर्नुभएको हो ।

तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर– ५ स्थित बनरझुला (कोशीपलार)मा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राउतले पानसमा बत्ति बालेर सभाको उद्घाटन गर्दै सञ्चार क्षेत्रको विकास एवं प्रेस स्वतन्त्रताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले आचार–संहिताभित्र रहेर निष्पक्ष, आधिकारिक, सन्देशमुलक एवं खोजमुलक समाचार सम्प्रेषण गरेमा सञ्चार जगत सदैव विश्वसनीय रहने उल्लेख गर्दै सञ्चार क्षेत्रको विकास नै सुशासन र समृद्धिको आधार भएकाले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिनुभयो ।


सभामा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह ,सामाजिक बिकास मन्त्री नवलकिसोर साह, भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह, सभाषद मनिष कुमार सुमन, मधेसी निजामती कर्मचारी ट्रेड युनियन सप्तरी अध्यक्ष अजय कुमार झा जिला समन्वय समिति प्रमुख प्रभाकर यादव, राजविराज, कञ्चनरुप गरपालिकाका नगरप्रमुखहरु, छिन्नमस्ता, तिलाठी कोइलाडी, तिरहुत, रुपनी गाउँपालिकाका अध्यक्षहरु, महासंघका पदाधिकारी एवं सदस्य पत्रकारलगायको सहभागिता थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय तथा प्रादेशिक समिति, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, विदेशबाट आउने पाहुनालगायत सप्तरीको पत्रकारिता तथा पत्रकार महासंघको संस्थागत विकासमा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा संस्थाहरु लाई स्वागत एवं सम्मान प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page