समाचार

विपद तथा जलवायु उत्थानशील तर्जुमा परामर्श कार्यशाला गोष्ठी सम्पन्न

डम्बर राई /
कञ्चनरुप , ४ माघ २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतबार सम्पन्न स्थानिय विपद तथा जलवायु उत्थानशील तर्जुमा परामर्श कार्यशाला गोष्ठीमा सबैखाले विपद तथा जोखिम व्यवस्थापनका लागि गाउँटोलमा खटिने छलफल भएको छ ।
नगर उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, पालिकाका सबै वडा अध्यक्ष, सरोकारवाला संघ संस्था, सञ्चाकर्मी, कार्यलय प्रमुख एवं कर्मचारीको उपस्थितिमा जलवायु परिवर्तनको प्रभाव, तीनको असर लगायतका विभिन्न विषयमाथी छलफल भएको थियो ।

नगरपालिकाको आयोजनामा ओक्सफामको सहयोग र सहजिकरणमा आयोजित परामर्श कार्यशाला गोष्ठीले स्थानिय वडा तथा गाउँ गाउँमा परेका विपद एवं जोखिमलाई अन्त्य गर्न घटनाको तालिका संकलन गर्ने नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page