राजनीति

सरकार विरुद्ध जसपाले राजबिराजमा विशाल प्रदर्शन सहित बिरोध सभा गर्ने, सम्बोधनका लागि अध्यक्ष यादव र वरिष्ठ नेता महतो आउदै

बृजमान तामाङ /
बिरेन्द्र बजार, २०७७ माघ ६ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो बुधबार सप्तरी आउने भएका छ्न । प्रधानमन्त्री केपि ओलीको गैर संबैधानिक कदमको विरुद्ध सप्तरी सदरमुकाम राजबिराजमा हुने बिरोध सभालाई सम्बोधन गर्न अध्यक्ष यादव र वरिष्ठ नेता महतो सप्तरी आउने भएको हो ।
सरकार विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले सप्तरी सदरमुकाम राजबिराजमा शक्ति प्रदर्शन गर्ने तयारीमा छ्न । पचिस हजार बढी जनता सदरमुकाम उतार्ने उदेश्य सहित जुटेका जसपा नेताकार्यकर्ता स्थानीय तहको वडा स्तर सम्म तयारीमा जुटिरहेका छ्न ।
संबिधानमै नभएको अधिकार प्रयोग गरि प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापनाको माँग राखी बिरोधमा उत्रिएका जसपाद्वारा आयोजित बिरोध सभामा पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने जनाएको छ ।
राजरंगशालामा हुने बिरोध सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता एबम पुर्व मन्त्री राजेन्द्र महतो, पुर्व मन्त्री तथा पार्टीका कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र सिंह यादव, कार्यकारिणी सदस्य राज कुमार लेखी लगायतका शिर्ष नेताहरू र प्रदेशका मन्त्रीहरुले सम्बोधन गर्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
जुलिस प्रदर्शन तथा बिरोध सभाको लागि सम्पुर्ण तयारी पूरा भएको प्रचारप्रसार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी गराए । बिरोध जुलुस र सभालाई प्रभावकारी र शान्तिपुर्ण बनाउन जसपाले कार्यकारिणी समिति सदस्य तथा पुर्व मन्त्री मृगेन्द्र सिंह यादवको संयोजकत्वमा जनपरिचालन समिति, केन्द्रिय सदस्य तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा आर्थिक संकलन समिती,केन्द्रिय सदस्य शैलेस चौधरीको संयोजकत्वमा मन्च ब्यबस्थापन समिती, केन्द्रिय सदस्य दिनेश यादवको संयोजकत्वमा स्वयंसेवक तथा युवा परिचालन समिति र केन्द्रिय सदस्य अमरनाथ मण्डलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको जनता समाजवादी पार्टी नेपाल सप्तरीले जनाएको छ।
गत पुस ५ गते प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा देबि भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरेपछी प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगामी कदमको विरुद्धमा सत्तारुढ नेकपा, काँग्रेस, जसपा, नागारिक अगुवाहरूले आन्दोलन गर्दै आएका छ्न । प्रतिनिधि सभा विघटनको मुद्वा हाल अदालतमा बिचारधिन अबस्थामा छ्न ।
प्रतिनिधि सभा पुनर्स्थापना माँग गर्दै ओलिको प्रतिगामी र तानाशाही निरुङ्कुशता विरुद्ध दैनिक देशैभरी आन्दोलन जारी रहेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page