राजनीति

संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि विघटन गर्नु संबिधान माथीको ठाडो आक्रमण :उपेन्द्र यादव

बृजमान तामाङ /
बिरेन्द्र बजार, माघ ७ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजबिराजमा बुधबार आयोजित प्रतिनिधि सभा विघटन विरुद्ध राज रंगशालामा बिशाल बिरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिमा लोकतान्त्रिक संस्कार नभएको बताए ।
अध्यक्ष यादवले ओलिलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार नभएको उल्लेख गरे ।
ओलिलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार कस्ले दियो, अध्यक्ष यादवले भने, संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि विघटन गर्नु संबिधान र लोकतन्त्र माथीको ठाडो आक्रमण हो । संघीयता,गणतन्त्र, धर्म निरपेक्ष समानुपातिक प्रतिनिधित्वमा प्रधानमन्त्री ओलि नियत पहिले देखि नै खराव रहेको जिकिर गर्दै यादवले संबिधान र जनताको प्रतिनिधि सभामाथी आक्रमण गर्ने ओलि और कम्पनीको पतन निश्चित रहेको बताए ।
न्यायलयले जनतामाथी अन्याय नगर्ने बिश्वास व्यक्त गर्दै अध्यक्ष यादवले विभिन्न आन्दोलनका बलमा प्राप्त उपलब्धि रक्षाका लागि सरकारको गैर संबैधानिक कदम विरुद्ध जनअदालत जाने उद्घोष गरे । यादवले प्रमुख प्रतिपक्षी काँग्रेसको ढुलमुले नितिले प्रतिगामनलाई बल पुगेको भन्दै काँग्रेसको दोधारे नितिको कडा शब्दमा बिरोध गरे ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलि प्रतिगामी रहेको आरोप लगाए। मधेसी, आदिवासी जनजाति, मुश्लिम, थारु समुदायलाई दमन गरेर आफैले घोषणा गरेको संबिधान प्रधानमन्त्री ओलिले उलंघन गर्दै प्रतिनिधि सभा विघटन गरि महाप्रतिगामी भएको पुष्टि गरेको उनले बताए ।
प्रधानमन्त्री ओलिले देशमा उत्पीडित जनताको लागि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथी बइमानी गरेको महतोको आरोप छ । नेता महतोले आदिवासी जनजाती मधेसी,दलित, थारु मुश्लिम, महिला सहित उत्पीडित समुदायले संबिधानमा अपनत्व महुस नगरे सम्म बिगतको संबिधान कै हालत यो संबिधानको पनि हुने बताए ।
महतोले राजेन्द्र महतो नेकपामा जान्छ भनी आएको झुट प्रचारको पछाडी नलाग्न नेता कार्यकर्तामा अग्रह गरे । जनता समाजवादी पार्टीले मात्र विभेद र अन्यायमा परेको जनतालाई अधिकार सम्पन्न गराउने जिकिर गर्दै महतोले भने, जनतालाई गोलि ठोक्ने पार्टीमा जाने कुरै भएन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समितिका सदस्य एबम पुर्व मन्त्री रेणु यादवले सँंसद विघटन गरेर ओलिले सर्वसत्तावादी चरीत्र देखाएको बताईन । उनले ओलिको तानाशाही प्रतिगमन विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिईन । प्रदेश नम्बर २ का भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रधानमन्त्री ओलिले अदालतलाई धम्काउनु लोकतन्त्रमाथिको हास्तक्षेप भएको बताए ।
प्रतिनिधि सभा विघटन राजनीति निर्णय हो,अदालतले बिल्नु पाउदैन बन्नु सम्मानित आदालत माथिको ठाडो हस्तक्षेप भएको उनको भनाई थियो । सामाजिक बिकास मन्त्री नवल किशोर साहले पार्टीको अन्तरकलहले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताए ।
जसपा सप्तरीका अध्यक्ष रामपृत यादवको अध्यक्षतामा आयोजित बिरोध सभालाई प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर सिंह,प्रदेश सभा सदस्यहरु बिदेश्वर यादव किक्की, नेत्रबिक्रम साह, अभिषेक यादव, जसपा केन्द्रिय एबम जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव लगायतकाले सम्बोधन गरे ।
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिती सदस्य एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव धन्यवाद ज्ञापान गरिएको कार्यक्रम ,मदेश प्रदेश समिति सदस्य सत्य नारायण यादवले संचालन गरे भने स्वागत जिल्ला अध्यक्ष केदार यादवले गरे । यस अघि सरकार विरुद्ध चर्का नारा लगाउदै हजारौंको संख्यामा रहेको जसपा नेताकार्यकर्ताले बजार परिक्रमा गरेका थिए । जनप्रदर्शन तथा बिरोध सभामा पचास हजार भन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page