राजनीति

सप्तकोशी नगरपालिकामा नेकपा ओलि समुहको अगुवा कार्यकर्ता भेला सम्पन्न

फत्तेपुर , माघ ७ गते । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको सप्तकोसी नगर स्तरिय अगुवा कार्यकर्ता भेला आज बुधबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिकामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा नफुटेको दाबी गर्नुभएको छ । अध्यक्षको सहमतिमा महासचिवले पार्टीको बैठक बोलाउने र निर्णय गर्ने विधि अनुसार केपी शर्मा ओली अध्यक्ष भएको पार्टीले गरेको गतिविधी नै वैधानिक भएको जिकिर गर्नुभयो ।

सोहि कार्यक्रममा बोल्दै नेकपा स्थाइ कमिटी सदस्य तथा प्रदेश नम्बर २ का प्रदेश शभा सदस्य सत्यनारायण मण्डलले केपी ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक र मूलधार रहेको बताउनु हुँदै उहाँले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।
पार्टी कमिटीमा कारवाहीको माग र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता नभएको अवस्थामा केही साथीहरु वैठकमा आउन छाडेर सडकमा पुग्नु भएको बताउनु हुँदै उहाँले अहिले पनि पार्टीको दोस्रो अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेको बताउनु भयो ।
अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्तिक) ले भन्नुभयो ओली नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा चालेको अग्रगामी कदमले नेकपा देशी विदेशी प्रतिक्रियावादी शक्तिको तारो बनेको उहाँले बताउनु भयो ।

पार्टीकै केही पदलोलुप र महात्वाकांक्षीलाई बोकेर गरिएको नेतृत्व र सरकारविरोधी कदम जनविरोधी रहेको थापाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले संघीयता र लोकतन्त्रमाथि नै आघात पार्ने गरी पार्टीभित्रैबाट हुन थालेको षडयन्त्रको समयमै पहिचान गरी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्नुपरेको बताउनुभयो ।
स्थाइ कमिटी सदस्य सत्यनारायण मण्डल प्रमुख अतिथि रहेको कार्यक्रम नेकपा नगर कमिटी अध्यक्ष पारस दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page