राजनीति

नेकपा युवा संघ नेपाल सप्तरीद्वारा आयोजित युवाभेला भव्य र सभ्य भएको समिक्षा

डम्बर राई /
कञ्चनरुप /सप्तरी , माघ ९ गते ।

माघ ८ गते राष्ट्रिय युवा संघ नेपाल सप्तरीद्वारा राजविराजमा आयोजित युवा भेला भव्य र सभ्यरुपमा सम्पन्न भएको समिक्षा गरिएको छ ।
शुक्रबार कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित फूलवारी पाटी प्यालेसमा नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं. २ का ईन्चार्ज सत्य नारायण मण्डल, केन्द्रिय सदस्य तथा प्रदेश नं. २ का सचिव एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, केन्द्रिय सदस्यहरु मनाई महत्तो, मो. कलिम सेख, सुखराम यादव, मो.अब्दुल मजित साकिर, देब नारायण चौधरी, उत्तम कुमार गौतम, गंगा प्रसाद यादव र प्रदेश समितिका सदस्य असरा देवी चौधरी, महिला नेतृ आवासेतु सिंह, युवा नेता केन्द्रिय सदस्य मनिष श्रेष्ठ लगायत दर्जनौं नेता तथा युवाहरुले भेलाको प्रसंशा गरेको हो ।
समिक्षात्मक छलफलमा नेता सत्य नारायण मण्डलले सप्तरीका युवाहरुको जोस र जागरले पार्टीलाई उर्जा थप्ने कामको संगै विखण्डनकारीहरुलाई ठुलो चुनौती दिइएको बताउँनु भयो । वहाँले भन्नुभयो—यहाँका युवाहरु बुजुर्ग छन्, समृद्घि र नयाँ परिवर्तन चाहान्छन् युवाले चाहेको परिवर्तन केपी ओली सरकारबाट मात्र सम्भव रहेकोले हाम्रो साथमा युवाहरु छन् ।

त्यस्तै नेता प्याकुरेलले भन्नुभयो—मैले हिजो पनि भन्दै आएको हुँ, आज पनि भन्छु र भोली पनि भन्छु अब यस मुलुकमा युवाले नेतृत्व गर्नुपर्छ । ऐतिहासिक र्यालीले राजविराज सदरमुकाममा लोकतन्त्रात्मक गणतन्त्र र यसबाट प्राप्त संघियता बिरोधिहरुलाई ठूलो धक्का पुनेको मुल्याङ्कन गर्नुभयो ।
यहि माघ १३ गते राजविराजको राज रंगशालामा हुन गइरहेको पार्टीको बृहत आमभेलामा हजारौं हजार पार्टीका नेता , कार्यकर्ता तथा शुभेच्छुकहरुलाई उतार्ने कार्यको पहलमा आफूहरु सक्रियरुपमा जुटेको युवा नेता मनिष श्रेष्ठले जानकारी गराउँनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page