काठमाडौं , माघ ९ गते । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका छन्।
उनले आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिएर २७ रन खर्चेका छन्। चौथो ओभरमा ६ रन खर्चेका सन्दीपले तेस्रो ओभरमा ७ रन दिएका थिए।
टिमका लागि आठौँ ओभर लिएर आएका सन्दीपले पर्थका अलराउन्डर मिचेल मार्शको विकेट लिएका हुन्।
७.५ ओभरमा मार्शलाई एलबीडब्यू आउट गरे। दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए।
सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिङस्टोनलाई २६ रनमा आउट गरेका थिए। पहिलो ओभरमा सन्दीपले एक छक्कासहित १० रन खर्चेर महत्वपूर्ण विकेट लिएका हुन्।
सन्दिपले बिग बास लिग (बीबीएल) मा आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिए










Add Comment