शिक्षा

राष्ट्रिय आधारभूत विद्यालय जगतपुरमा छात्रवृत्ति तथा न्यानो कपडा वितरण

कञ्चनरुप , माघ १५ गते । राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ४ जगतपुरले शैक्षिक सत्र २०७७ को छात्रवृत्ति वितरण गरेको छ । चार सयका दरले प्रत्येक विद्यार्थीलाई दलित छात्रवृत्ति प्रदान गरिएको हो ।
कक्षा १ देखि ६ सम्मका १ सय ८९ जना दलित छात्रछात्रालाई ७५ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामनारायण साहले बताउनुभयो । सोही अवसरमा कञ्चनरुप नगरपालिकाले विद्यालयमा रहेको बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा समेत वितरण गरिएको शिक्षा शाखाका ललितनारायण यादवले जानकारी गराउनुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सामुदायिक विद्यालयमा बढी मात्रामा गरीब दलितका छोराछोरीहरु अध्ययन गर्ने भएकाले उनीहरुको शिक्षामा पहुँच बढाउनका लागि नगरपालिकाले चिसोबाट जोगाउनका लागि बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण प्रसाद साहले गत साल पनि नगरपालिकाले न्यानो कपडा वितरण गरेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुली यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page