रामनारायण यादव /
राजविराज, २०७७ माघ १७ गते । छात्रा सँग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाहि हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ओम प्रकाश यादव माथि कार्वाहि गर्ने निर्णय भएको हो ।
सो विद्यालयका प्राधानाध्यापक राजकुमार झाको अध्यक्षतामा गत मंगलबार बसेको शिक्षक र कर्मचारीहरुको बैठकले पिडीत छात्रा सँग अभद्र व्यवहार गरेको ठहर गर्दै आरोपित शिक्षक माथि नियमानुसार कार्वाही अगाडि बढाउने निर्णय गरेको छ ।
गत सोमबार विद्यालय संचालनमै रहेका बेला चौथो घण्टिमा उक्त विद्यालयको कक्षा आठमा अध्यनरत एक जना छात्रा सँग सोहि विद्यालयमा कार्यरत निमावि तहका शिक्षक ओम प्रकाश यादवले अश्लिल हर्कत गरेको पिडीत छात्राको वयानको आधारमा कार्वाही अगाडि बढाउने निर्णय गरिएको विद्यालयका प्राधानाध्यापक झाले बताए ।
सो बैठकमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष प्रदिप कुमार साह, नगरपालिकाका शिक्षा अधिकृत कृष्ण कुमार यादव, प्रहरी चौकी पातोका देव कुमार झा,, समाजसेवी ओम प्रकाश यादव, धुव्र नारायण चौधरी, नवीन कुमार राय, रामा पासमान, प्रमोद कुमार साह लगायतको उपस्थिती रहेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment