मधेस प्रदेश समाचार

चिसो हावा र बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाहरुको जनजिवन कष्टकर बन्दै

राम नारायण यादव /
राजविराज, २०७७ माघ १७ गते ।
शीतलहरका कारण प्रदेश–२ का जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो हावा र बाक्लो हुस्सु लागेको कारण सप्तरीसहित तराईका जिल्लाहरुमा जनजिवन प्रभावित बनेको हो ।
चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने पिछडिएको दलित परिवारको झनै प्रभावित भई कष्टकर जीवन बिताउन बाध्य छन् ।
विभिन्न ग्रामीण भेगका सर्वसाधारण चिसोबाट प्रभावित भएर दिनभरजसो आगो तापेर बिताउने गरेका छन् । बिहान–बेलुकाको छाक टार्नै समस्या हुने धेरै परिवारसँग चिसो छल्न आगो बालेर ताप्नुबाहेक अन्य विकल्प पनि छैन ।
अहिले प्रदेश २ को सप्तरी लगायतका विभिन्न जिल्लाका गाउँमा स्थानीयहरु आ–आफ्नो घर तथा चोक–चौतारामा आगो तापेर बसेको देखिन्छ ।
किसान र मजदुर पनि यो चिसोमा प्रभावित भइरहेका छन् । केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।
चिकित्सकले अहिलेको धूलोको प्रदुषण र कठ्यांग्रिदो चिसोले स्वास्थ्यमा समस्या आउने भन्दै सचेत रहन सुझाव दिइरहेका छन् ।
स्थानीय तहहरुले बेवास्ता गर्दा गरिब तथा बिपन्न वर्गका परिवारलाई जाडोका कारण दैनिकी चलाउन समस्या भएको विपन्न वर्गहरुको भनाई रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page