अर्थतन्त्र

रुपनगरमा दुई दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न

कञ्चनरुप , माघ १९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका कृषि विकास शाखाले आज सोमबार कञ्चनरुप १२ रुपनगरमा दुई दिने च्याउ खेती तालिम सम्पन्न गरेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरबाट बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई रोजगारीको अवसर प्राप्त आर्थिक उन्नतीमा लाग्नको लागि च्याउ खेती सम्बन्धि तालिमको आयोजना गरिएको बताउनुभयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले च्याउ खेती सम्बन्धि तालिमले १२ नम्बरमा केही मात्रामा भएपनि बेरोजगारी समस्या हल हुने र तालिममा सहभागिहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।


तालिममा सहभागिहरुलाई कृषि विकास शाखाका बेचन सढोक यादवले सहजीकरण गरी सरल तरिकाले सिकाउनु भएको थियो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा तालिमको समापन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page