राजनीति

आगामी चुनावले देशद्रोहीहरुलाई पाखा लाइदिने छ :प्रधानमन्त्री केपी शर्मा ओली

डम्बर राई /
कञ्चनरुप सप्तरी ।
सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले देशका भ्रष्टाचारी,नाफाखोरी,दलाल,सामन्ती लगायत सबै देशद्रोहीलाई अब हुने निर्वाचनले समाप्त गर्नेछ भन्नुभयो । देशको विकास भन्दा आफ्ना विकास चाहाने अराजकतावादी व्यक्तिलाई बैशाखमा हुने दुबै चरणको निर्वाचनमा नेपाली जनताले पाखा लगाइदिने छन् प्रधानमन्त्रीले ओलीको भनाई थियो ।
शहिद हेम नारायण यादवको १७ औं स्मृति दिवसमा सिरहाको सदरमुकाम सिरहा नगरपालिकामा नगर कमिटिद्वारा सोमबार आयोजित सो समारोहलाई सम्वोधन गर्नुहुदै प्रधानमन्त्र िकेपी ओलीले भन्नुभयो— हामी देशको महानअभियानमा लागेर चोतर्फी विकासका सारा योजनाहरुलाई देशका कुनाकाप्चा र जनताका घर—घरमा पुर्याउँने प्रयासहरु गरिरहेका छौं तर एक खाले मानिसहरुका झुण्डले अराजकता कार्य गरेर हामीले चालेका अभियानलाई अवरोध गर्ने, वाधा, बिरोध लगायतका उछृङ्खलकार्य गर्न लागे । हुँदा हँदा उनिहरुले विभिन्न आरोप प्रत्यारोप लगाएर देश विकासका योजनलाई भत्काउँन प्रयत्न गर्नखाले, सरकारलाई योजनाबद्घ ढंगबाट चलाउँन दिएनन् अनि सरकारलाई कमजोर बनाउँने खेल खेल्न थाल्यो त्यसैले सँसद विघटन विकल्प मैले देखिन ।
अब देशमा विकासका लागि सक्षम र सवल नेतृत्व चाहिएको हुँदा यसको निर्माणका लागि निर्वाचनको आवश्यक छ यसका लागि तपाइहरु जुट्नुस् चुनाव हुन्छ उहाँले भन्नुभयो । सद्भावलाई खैलाबैला बनाएर भिन्नतामा हिजो हामीलाई देखाउँने तराईमा यस्ता तत्वहरु आज सिद्घिदैछन् र सबै सिद्घिन्छन् प्रम ओलीले भन्नुभयो—हामी सम्पुुर्ण नेपाली एकक हौं अब कसैसंग भिन्नता छैनौं, एउटै विद्यालय पढ्ने, एकै कुँवाको पानी खाने, एउटै अस्पतालमा उपचार गराउँने अनि हामीमा भिन्नता रहन्छ ? अब कुनै पनि देश विकासको काममा ढिलाई नहुने बताउँदै तराईको विकासमा आफु जुटेको र द्रुतगतिमा सिंचाई परियोजना, हुलाकी राजमार्गहरु, फाष्ट्रयाक, कपिलवस्तु भैरहवा र नीजगढको अन्तराष्ट्रिय विमान स्थल लगायतका कामहरु सकिने जानकारी दिनुभयो ।
पार्टी स्थायि समिति सदस्य एवं सिचाई उर्जा मन्त्री टोप बहादुर रायमाझीले यतिबेला नेकपा पार्टी फुटिनसकेको बताउँनु हुदै यो विवाद आन्तरिक कलह मात्र हो भन्नुभयो । उहाँले भर्खरै निर्वाचन आयोगले गरेको फैसला सुनाउँदै भन्नुभयो—हिजो पार्र्टी एकता हुँदा भएको निर्णय तथा समन्वयले केपी शर्मा ओलीलार्ई अध्यक्ष र प्र्रधानमन्त्री दिइने भनिइको थियो त्यहि निर्वाचन आयोगको फैसला छ । अहिले पनि स्विकार गरेर प्रचण्ड—माधव समूह आउछन् भने आफुहरु विचाराधिन रहेका छौ । देशको विकास वा कुनै योजनाको विषयलाई लिइएर यो विवाद सिर्जना भएको होइन केवल पद र प्रतिष्ठाका लागि हो मन्त्री रायमाझीले बताउँनुभयो ।
तर साच्चैको कम्युनिष्ट हुन् र पार्टीका लागि भलाई सोच्थे भने ती समूहले विभिन्न आरोप र लान्छना नलगाई हिजोको सहमतिलाई मानेर महाधिवेसन पर्खिनुपथ्र्याे ।
कानुन मन्त्री लिला श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा स्थायी समिति सदस्य एवं पूव मन्त्रीद्घय सत्य नारायण मण्डल, रघुवीर महासेठ, केन्द्रिय सदस्य एवं शहरी विकास मन्त्री प्रभु साह, केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री जुली महत्तो लगायत दर्जनौं केन्द्रिय सदस्य, प्रदेश, जिल्ला समितिका जिम्मेवार नेताहरुको आथित्य रहेको थियो । समारोहमा विभिन्न पार्टी परित्याग गरि नेकपामा हजारौंको संख्यामा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री ओलीले हिजो धनुषाको ढल्केवरमा विधुत सवस्टेशन लाइनको उद्घाटन समेत गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page