समाचार

विश्व सिमसार दिवसको अवसरमा प्राकृतिक सम्पदाको जगेर्ना बारे छलफल

डम्बर राई /
कञ्चनरुप सप्तरी , माघ २० गते ।
विश्व सिमसार दिवसको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका ६ स्थित थारु साँस्कृतिक संग्राहालयमा सिमसार क्षेत्र लगायत आरक्षको संरक्षण सम्बर्धनको बारेमा धारणाहरु प्रस्तुत भएको छ ।
मंगलबार उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधाम, जिल्ला डिभिजन वन कार्यालय सप्तरी र कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कुशाहा सुनसरी र सप्तरीको आयोजनामा प्रादेशिक रुपमा यो दिवस प्रथम पल्ट भव्यताका साथ गरिएको हो ।
आयोजित कार्यक्रममा उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ का सचिव रामचन्द्र कँडेलले पानी र सिमसार जीवनको अभिन्न आधार भन्ने दिवसको नाराबाट पाठ गराउँनु हुदै सिमसारको महत्त्ववारे प्रकास पार्नूभयो । उहाँले सिमसारसँग जोडिएको प्रकृतिका उत्पादन जीवजन्तु र तीनको फाइदाले मानव जीवनमा के सम्बन्ध राख्दछ र प्राकृतिक सम्पदा तथा विभिन्न प्रजातीका विषयमा जानकारी गराउँनु भएको थियो ।

नेपालको पहिलो सिमसार क्षेत्र भनेर घोषित गरिएको सिमसार यसै कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकोले यसको संरक्षण र सम्बर्धन गर्न सके यहाँका स्थानियहरुलाई पर्यटकीय विकासमा ल्याउँन सकिने सचिव कँडेलले धारणा व्यक्त गर्नुभयो ।
सिमसार सँग जोडिएको तीन प्रकारका जैविक विविधताको विशेषता मानव जीवनसँग परिपुरक छ जसले हाम्रो हरेक क्रियाकलापमा यसले प्रभाव पारिरहेको हुन्छन् । सचिव कँडेलले आरक्षको संरक्षणलाई उठान गर्दै भन्नुभयो—आरक्षमा बर्षौ वर्ष घरपालुवा भैंसी, गाई चरीचरण गराउँने र त्यहि गोठ, टहरा बनाई बास स्थान बनाउँने लगायतका अतिक्रमण गर्न थालिएपछि त्यहाँका प्रजाती एवं जनावरहरु बाहिरीन थालेको हो । अनि यसरी बाहिरीएका जनावरले अन्नखेती बाली र जीउ धनको क्षति गर्न थाले । उहाँले चुरेको बारेमा पनि प्रसंगगत कुरा जोड्दै तराईको सिमाना चुरेलाई हब हामीले संरक्षण र सम्बर्धन गर्न अति नै आवश्यक छ नत्र तराई मधेशमा संकट उत्पन्न हुन्छ भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शंकर आचार्यले विनासक्रमलाई नियन्त्रण गर्न विभिन्न सञ्जाल र निकाय तथा स्थानिय समुदायबाट समितिहरु गठन भएका छन् तर यसलाई सक्रिय बनाउँन सक्नुपर्छ भन्नुभयो । उहाँले स्थानिय स्तरमा भएका पैदावरहरुको हेरचाह गर्ने र त्यसको उपयोग गर्ने कानुनी प्रावधान रहेको र केहि नियम संगत नभएको भए आवश्यकतालाई हेरेर स्थानिय निकाय वा समुदायबाट समन्वय गरेर गर्न सकिने व्यवहारिक पक्षलाई कोट्याउँनु भयो । प्रजिअ आचार्यले वन तथा आरक्ष मासिने विस्तारक्रमले जंगली जनावरहरु पलायन भएको टिप्पणी गर्नुभयो ।

सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम प्रसाद गौतमले पनि आरक्षको विकासका लागि आफु यथासक्दो लागि परेको बताउँनु भयो । उहाँले भन्नुभयो—आरक्षमा जंगली जनावर बस्न छाडे अब त्यहाँ घरपालुवा जनावर बस्छन् र किसानका खेतीवाली जंगली जनावरले भन्दा बढी तिनै गाई भैसीले खाने गरेकाछन् । प्रादेशिक रुपमा यस स्थानमा यो दिवस मनाउँदै विविध छलफल र विचार, तर्क र जानकारी समेत पाउन सकेकोमा नगर प्रमुख गौतमले आयोजकलाई धन्यवाद प्रदान गर्नुभयो ।
त्यस्तै कञ्चनरुपका नगर प्रमुख बसन्त कुमार मिश्रले सोंच अनुसारको काम आफूहरुले गर्न नसकिएको भन्दै दुःख प्रकट गर्नुभयो । उहाँले भन्नुभयो स्थानिय निकायले यसको विकास चाहान्छ तर वार्डेनले कहिले पनि हामीहरुसँग हाम्रा विचार र भावना अनुरुप काम गर्न चाहादैन यधपि वार्डेनले गर्दैन र गर्न दिइदैन । यस आरक्षलाई पर्यटकीय क्षेत्रमा विस्तार गर्न सकिने सम्भावना हामीले देखेका छौँ तर यसका लागि कानूनी कुरा तेर्साएर बाधा खडा गर्ने काम उनिहरुको छ । यहाँ बर्षौ हात्ती, अर्ना, बँदेल, बाँदर चमेरा लगायत जंगली जनावरले खेतीवाली उजाड गर्दै आएका छन् यो समस्यालाई समाधान गर्न अब सम्बन्धित पक्ष बसेर निकासको खोजी गर्नुपर्ने बताउँनु हुदै उहाँले मानव जीवनको संगै जनावरको पनि रक्षा गर्ने उपाय अपनाउँन जरुरी ठान्नुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र वफर्जनका अध्यक्ष बिरेन्द्र यादवले पनि वार्डेनलाई दोषारोपण गर्नुभयो । वार्डेनले हाम्ीहरुको कुरा लागु गर्दैन उहाँले आफ्नै तौर तरीकाले काम गर्छन् मात्र समिति सिफारीस गर्ने हो यादवले बताउँनु भयो । समितिले काम कार्यवाही गर्ने कुनैपनि अधिकार नरहेको यस्तो कानुनी कार्ययोजना छ जो गल्ती गर्नेलाई समेत कानुनी दायरामा ल्याउँन वार्डेन समक्ष पुग्नुपर्छ । देशमा एकमात्र टुहुरो आरक्ष हो जहाँ विकास पनि छैन र अधिकार पनि । सुनसरी जिल्लामा आरक्षबाट पैदावर निस्कासन भइरहेका छन् र तिनको नियमानुसार आम्दानी संकलन भएको छ तर सप्तरीमा त्यो प्रावधान छैन अध्यक्ष यादवले गुनासो व्यक्त गर्नुभयो ।
उपस्थित मान्यजनहरुले सिमसार क्षेत्र,आरक्षसँग मानव जीवनले भोगेका फाइदा र बेफाइदा लगायत विषयमाथी सवाल जवाफ आदान प्रदान गरेका थिए । वन मन्त्रालय प्रदेश नं. २ का सचिव कँडेललको अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय अनुसंधान विभागका नरेश बहादुर शाह, वन निर्देशनालय प्रदेश नं. २ का भिमदत्त गण सप्तरीका प्रमुख सेनानी निरज भण्डारी, शसस्त्र प्रहरी बल नेपाल नं. ६ सप्तरीका प्रहरी उपरिक्षक राजु श्रेष्ठ , सिरहाका डिभिजन वन अधिकृत सुभाषचन्द्र दास, सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, दुर्गादल गुल्मका उपसेनानी बृजन खड्का, कोशी टप्पु वन्यजन्तु आरक्षका अधिकृत अशोक राम, लगायत अर्थ मन्त्रालयका अधिकृत, नासु, डिभिजन वन कार्यालय सप्तरीका कर्मचारीहरु सहभागि थिए ।
यसैगरी दर्जन पालिकाका मेयर उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, आरक्षका कर्मचारीहरु, सम्बन्धित मन्त्रालयका कर्मचारी, महिला एवं बुद्घिजिवी र भद्रभलादमीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत संतोष कुमार झाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page