खेलकुद

सप्तरीको भजकामा प्रथम पचशिल्ड फुटबल प्रतियोगिता शुरु

बृजमान तामाङ /
बिरेन्द्र बजार, माघ २० गते ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ११ स्थित खैजनपुर भजकामा मंगलबार प्रथम पचशिल्ड प्रतियोगिता शुरु भएको छ । सन्यासी नवयुवा फुटबल टिम खैजनपुर भजकाद्वारा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
फुटबल प्रतियोगिताको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले उद्घाटन गरे ।
उद्घाटन खेलमा रातोलाली गुराँस फुटबल टिम गोबिन्दपुर सिराहाले जित हाँसिल गरेको छ । नमस्कार युवा फुटबल टिम मलहनमा सप्तरीलाई ट्राईब्रेकरमा पराजित गर्दै गोबिन्दपुर सिराहाले जित हासिल गरे । निर्धारित समयमा दुबैटिमबाट गोल हुन नसकेपछि पलाण्टी मार्फत खेलको छिनोफानो गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सप्तरी र सिराहाका चर्चित १२ वटा फुटबल टिमको सहभागीता रहेको जनाएको छ । सुरुङ्गा नगरपालिका ११ स्थित खैजनपुर भजकाको खेलमैदानमा आयोजित फुटबल प्रतियोगिता उद्वघाटन समारोहमा प्रमुख चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी, सुरुङ्गा नगरपालिका ११ का वडा अध्यक्ष गया प्रसाद चौधरी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सचिब जितेन्द्र प्रसाद चौधरी, रामआशिष सदा लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
कालिन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन नागेन्द्र प्रसाद चौधरीले गरेका थिए भने स्वागत रामशरण चौधरीले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page