समाचार

कञ्चनरुप मालपोत कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ

कञ्चनरुप , माघ २३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित मालपोत  (नापी) कार्यालयका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।
निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
निमित्त प्रमुख ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयसँगकै चिया पसलबाट रकम लिदै गर्दा रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page