शिक्षा

शंकर मावि रुपनगरको आर्थिक अवस्थामा सुधार एवम् शैक्षिक गुणस्तर अभिबृद्धिका लागि छलफल

उत्सव आचार्य /
कञ्चनरुप सप्तरी, माघ २५ गते ।
रोटटरी क्लब अफ पाटन वेष्ट पाटनले आइतबार शंकर माध्यमिक विद्यालय कञ्चनरुप १२ रुपनगर सप्तरीको आर्थिक अवस्थामा सुधार एवम् शैक्षिक गुणस्तर अभिबृद्धि र भौतिक पूर्वाधार विकासका लागि विस्तृत रुपमा छलफल गरेको छ ।
सो छलफलमा बोल्दै रोटटरी क्लबका अध्यक्ष प्रदिपमान बैधले विद्यालयलाई नमूना बनाउन दक्ष शिक्षक , अनुसाशित विद्यार्थी , सक्रिय अभिभावक, विकासशील स्थानिय तह, फिल्टरसहितको शुद्ध पिउने पानी , सुविधायुक्त सौचालय , सुविधायुक्त डेस्क ब्रेन्च आवश्यक पर्ने भएकाले विद्यालयलाई नमूना बनाउन रोटटरी क्लबले सहयोग गर्ने बताउनुभयो ।
नगर प्रमुख बसन्तकुमार मिश्रले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी निर्माण गर्ने अभियानमा नगरपालिकाले कामगरिरहेको बेला रोटेटरी क्लबले शंकर माध्यमिक विद्यालयलाई नमूना (मोडल) बनाउन आउनु भनेको सुखद पक्ष रहेको बताउनु हुँदै रोटेटरी क्लब लगायत यस कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनुभयो ।

संस्थापक परिवारका पूर्व डिआइजी प्रेमलाल श्रेष्ठ , सप्लायस नेपालका प्रदिप खडकाले शिक्षक , विद्यार्थी, अभिभावक र स्थानिय तहको समस्यालाई सुक्ष्म तरीकाले केलाई एकत्रीत गरी कार्ययोजना बनाई काम गरेमा दिगोपना हुने र विद्यालय नमूना (मोडल) हुने बताउनुभयो ।
छलफलमा वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, वडा सदस्यहरु, शिक्षक , अभिभावक , विद्यार्थी, समाजसेवी , बुद्धिजीवि , सञ्चारकर्मी , ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण यादव लगायतका व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page