समाचार

सशस्त्र प्रहरी सप्तरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

राजविराज , माघ २५ गते । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागू औषध तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोला छेउबाट आइतबार दिउँसो लागू औषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ आइरहेका एक व्यक्तिको झोला चेक गर्ने क्रममा लागू औषध बरामद भएको हो । ड्युटीमा खटिएको टोलीले झोला चेकजाँच गर्ने क्रममा लागू औषध बोक्ने व्यक्ति भने भारततर्फ फरार भएको उहाँले बताउनुभयो ।

झोलामा बुप्रेनोरफिन इन्जेक्सन ५९६ थान, डाइजेपाम इन्जेक्सन ६ सय थान, प्रोमेथाजाइन हाइड्राक्लोराइड इन्जेक्सन ५ सय ९९ थान र नाइट्राभेट ट्याब्लेट १२ सय थान लागू औषध रहेको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page