मधेस प्रदेश समाचार

सप्तरीको शम्भुनाथबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

कञ्चनरुप , माघ २५ गते । सप्तरीको शम्भुनाथबाट प्रहरीले आज आइतबार बिहान भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका–२ भलुवाहीबाट एक नाले भरुवा बन्दुक सहित सोही ठाउँकै २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल पक्राउ परेका हुन् ।
सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले दुवै जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । दुवै जनमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page