सप्तरी , २७ माघ । सप्तरीमा बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् ।
जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ कोचाबखारी बस्ने चन्दन भन्ने चन्द्रनारायण सदालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाउँकै २३ वर्षीया महिलालाई २०७६ भदौं २५ गते राती घरमा कोही नभएको मौका छोपी बलात्कार गरि फरार रहेका सदा गोप्य सूचनाको आधारमा गाउँमै लुकी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
पक्राउपछि सदालाई जिल्ला अदालत राजविराजमा उपस्थित गराइ पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी साहले बताउनुभयो ।
सप्तरीमा २३ वर्षीया महिलालाई बलत्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ













Add Comment