राजनीति

जसपा महादेवाद्वारा पार्टी प्रवेश तथा बिरोध सभा, आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्छौ :अध्यक्ष यादव

बृजमान तामाङ /
बिरेन्द्र बजार, २८ माघ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका छ्न । जनता समाजबादी पार्टी महादेवा गाउँपालिकाद्वारा सप्तरीको डाढामा बुधबार आयोजित पार्टी प्रवेश तथा बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका हुन ।
बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले केपि ओलिले गैरसंवैधानिक रुपले प्रतिनिधि सभा भंग गरेको आरोप लगाए । प्रधानमन्त्री केपि ओलिले जनताको सर्बोच्च प्रतिनिधित्व हुने संस्था विघटन गरेर लोकतन्त्रको हत्या गरे, अध्यक्ष यादवले भने, प्रधानमन्त्री ओलिको प्रतिगामी कदम सफल हुनेवाला छैन, लोकतन्त्र माथी प्रहार गरि गर्न खोजेको चुनावको कुनै अर्थ छैन ।
अध्यक्ष यादवले चुनाव गराउने ईच्छा ओलि सरकारको नभएको बताए । चुनाव हुनै सक्दैन यो त सत्ता लम्ब्याउने खेल मात्र हो अध्यक्ष यादबले भने, लोकतान्त्रिक माथीको हमला हो, अध्यक्ष यादवले भने, लोकतन्त्रको रक्षाका लागि संसद पुनर्स्थापनाको बिकल्प छैन । ओलि सरकार गठन भएदेखि नै संबिधान उल्लंघन गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले मधेस बिद्रोह, थारु आदिवासी आन्दोलन लगायतका पहिचान जनित परिबर्तनकारी आन्दोलनको बलमा प्राप्त उपलब्धि रक्षाका निम्ति परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले सांसद रेशम चौधरीलाई बिना सर्त रिहाई गनुपर्ने बताए । टिकापुर घटना विशुद्ध राजनैतिक भएकोले राजनैतिक स्तरबाट निकास खोज्नु पर्ने अध्यक्ष यादवको भनाई थियो ।
जनता समाजबादी पार्टीका कार्यकारिणी समिती सदस्य एवम् पुर्व मन्त्री रेणु यादवले ओलिको साईबर सेनाले जसपा नेताहरूको बदनाम गर्न भ्रम छरेको बताईन । जसपाको एकतामा खेल्ने प्रयास ओलिका साईबर सेनाले गरेको उनले बताईन । अर्का कार्यकारिणी समिति सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादवले ओलिले आफ्नो मुर्खाता प्रमाणित आफैले गरेको बताए । सर्बोच्च अदालतका प्रधानन्यायाधीश लगायत्का न्यायाधीशहरुलाई कानुन जान्दैन भनेर अपमान गरेर मुर्खताको असली रुप देखाएको उनको भनाई थियो ।

प्रदेश नम्बर २ का भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ओलिको प्रतिगमन विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । सामाजिक बिकास मन्त्री नवल किशोर साहले ओलिको गैरसंवैधानिक कदमले देशमा संकट ल्याएको बताए । उनले ओलिको तानाशाही प्रवृत्तिको कडा रुपले प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
महादेवा गाउँपालिकाका अध्यक्ष एबम जसपाका केन्द्रिय सदस्य दिपक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारिणी समिति सदस्य एवम् प्रदेश सदस्य मनिस सुमन, राष्ट्रिय सभा सदस्य शेखर सिंह, कार्यकारिणी समिती सदस्य केशव झा, नेता बिकास तिवारी, छेदी अरगरिया लगायतकाले सम्बोधन गर्दै ओलिको प्रतिगामी कदम बिरुद्व संघर्षमा उत्रिन नेताकार्यकर्तालाई अग्रह गरे ।
कार्यक्रममा नेकपा, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरे । नव प्रबेशीहरुलाई अध्यक्ष यादवले टीका र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । युवा नेता सुवास यादवद्वारा संचालित कार्यक्रममा स्वागत कौशेन्द्र यादवले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page