राजनीति

प्रचण्ड–नेपालको नेकपाले प्रदेश २ का जनतालाई पैसा दिएर पशुपतिको दर्शन गराइदिने लोभमा काठमाडौं ल्याए

काठमाडौं– बुधबार काठमाडौंमा पुष्पकमल दाहाल–माधव नेपालले गरेको विरोध प्रदर्शनमा प्रदेश २ का गाउँटोल र बस्तीबस्तीबाटै पशुपतिको दर्शन गराइदिने लोभमा जनतालाई बसबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनमा सहभागी अधिकांशले पशुपति दर्शनको लोभमै काठमाडौं आएको बताएका छन् ।

वीरगञ्जकी ६५ वर्षीय चन्द्रकला यादवलाई १ साता अघिदेखि प्रचण्ड–नेपाल खेमामा लागेका गाउँका नेताहरूले घरमै आएर २८ माघमा पशुपतिनाथ दर्शन गर्न लैजाने आश्वासन दिए । उनलाई धेरै अघिदेखि पशुपति दर्शन गर्न मन थियो । पारिवारिक अवस्था सामान्य भएकाले एक्लै काठमाडौं आउने आँट पनि थिएन । खाना, बसभाडा सबै पार्टीले नै बेहोर्ने भएपछि विरोध प्रदर्शनमा सहभागी हुने बहानामा पशुपति दर्शनका लागि काठमाडौं आइन् । छोरा, बुहारी, श्रीमान्सँगै बुधबार बिहानै काठमाडौं आएको यादव सुनाउँछिन् ।

काठमाडौं ल्याउने नेताको निर्देशनका कारण उनलाई जुलुसमा सहभागी भएर हातमा नेकपाको झन्डा थमाइयो । तर, विरोध प्रदर्शनका लागि काठमाडौं ल्याइएकी उनलाई यहाँ आउनुपर्नाको कारण सोधियो । ‘पशुपतिनाथको दर्शन गर्न आएको हो । माइतीघर मण्डलाको भीडमा भेटिएकी यादव भन्छिन्, ‘जुलुस सकेर पशुपति दर्शन गर्न लैजाने भनेको छ ।’

त्यस्तै, महोत्तरी घर बताउने ६१ वर्षी यकमलेश्वर साह सोही भीडमा भेटिए । उनी राजनीतिबारे त्यति जानकार नभएका उनलाई पनि गाउँका सबै काठमाडौं जाने भनेर निर्देशन दिइएपछि यहाँ आएका रहेछन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । बुधबार नेकपा प्रचण्ड–नेपाल खेमाको विरोध सभामा सहभागी बढीजसो संख्याका नागरिक मधेसबाटै आएका देखिए । उनीहरूलाई काठमाडौं ल्याइनुअघि के बोल्ने, के नबोल्ने भन्ने प्रशिक्षण नै दिइएको थियो । कसैले आन्दोलनमा सहभागीसँग कुरा गर्न खोजे उनीहरूलाई ल्याउने नेता अगाडि सरेर कुरा गर्थे ।

प्रशिक्षण दिइए पनि केपी ओलीको सत्तोसराप गर्नुपर्ने आमसभामा कसैकसैले ‘केपी ओली जिन्दावाद’ सम्मका नारा लगाएको भेटियो । माइतीघरबाट सुन्धारातर्फ मोडिएको विरोधसभामा यस्तो नारा लगाएको भेटिइएको हो । पछि उनीहरूलाई ल्याउनेले नै नारा सच्याउन निर्देशन दिए । फेरि नारा सुरु भयो– केपी ओली मुर्दावाद ।

नेकपाका प्रचण्ड–नेपालले आयोजना गर्ने आमसभा तथा विरोधसभामा मधेसी जनतालाई आफ्नो स्वार्थका लागि प्रयोग गरेको देखियो । मान्छे भेला पारेर आमसभालाई ठूलो देखाउन नेकपाका प्रचण्ड–नेपाल समूहले मधेसी जनतालाई प्रयोग गरिरहेका हुन् ।

पार्टीका आमसभामा मधेसी जनतालाई काठमाडाैं उतार्ने नेकपाका प्रचण्ड–नेपाल समूह उनीहरूको दैनिक जीवन भोगाइप्रति भने उति चासो राख्दैनन् ।  pathivaranews

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page