राजविराज ।
फाल्गुण ३ गते ।
भागरथी भट्टलाई न्यायको माग गर्दै राजविराजमा सोमबार दीप प्रज्वलन गरिएको छ ।
बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्वर ७ की १७ वर्षीया भागरथी न्याय दे भन्दै सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा महिला सचेतना समाजका पदाधिकारीहरुले दीप प्रज्वलन गरेका हुन् ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।
भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक लागेको थियो र पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको बलात्कारपछि हत्या भएको प्रहरीको भनाई छ ।
महिला सचेतना समाजका सप्तरीका अध्यक्ष सुनिता साहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरेकी थिइन ।
Add Comment