स्वास्थ्य

कञ्चनरुपमा दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

कञ्चनरुप , ४ फागुन २०७७ । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर अस्पतालमा फागुन ४ र ५ गते दुई दिन सुरु हुने दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूको लागि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने कार्य आजदेखि सुरु भएको छ ।
सरकारी कार्यालय, संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
यसबाहेक पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाउने कार्य सुरु भएको छ ।
आज मंगलवार कञ्चनरुप तथा सप्तकोसी नगरपालिकाका कर्मचारीहरु , बैंकका कर्मचारीहरु , जनप्रतिनिधी सहित १ सय ४९ जनाले खोप लागाएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page