समाचार

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै

काठमाडौं, ५ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट पक्राउ परेका छन् । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।
पक्राउ परेका युवकले अपराध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रिसइवीका कारण उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले आज बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो ।
गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ ।
साभार :News24nepal

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page