समाज

सप्तरीको डाकनेश्वरी नगरपालिकामा छतबाट लडेर दुई वर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सप्तरी , ५ फागुन । सप्तरीमा एक बालकको छतबाट लडेर मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिकामा वडा नम्वर–१० बनौलाका खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक मण्डलको छतबाट लडेर मृत्यु भएको हो ।
छतबाट लडेर घाइते भएका बालकको उपचारको लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव शल्यक्रियाका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page