समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापा, फागुन ४ गते । झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन । भद्रपुर नगरपालिका ७ का ५८ बर्षीय साहेबा उराउले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।
सोमवार दिउसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० वर्षीया फिल्सिता उराउ विच झैझगडा हुदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको आज विहानको राती २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page