अर्थतन्त्र

रुपनगरमा समीना चप्पल उद्योग तथा डाना प्लेट उत्पादन गर्ने कारखाना संचालन

उत्सव आचार्य /
कञ्चनरुप सप्तरी , ६ फागुन २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर खोरिया टोलका युवाले स्वदेश मै बसेर व्यवसाय संचालन गर्ने भएका छन् ।
कञ्चनरुप १२ रुपनगर खोरिया टोलका मरसलिम अली पाँच वर्ष वैदेशिक रोजगारीमा विदेशमा काम गरि घर आएका उने आफ्नै घरमा उद्योग संचालन गर्ने भएका हुन ।
अलीले आज बिहिवारका दिन समीना चप्पल यद्योग तथा डाना प्लेट उत्पादन गर्ने कारखानाको उद्घाटन गरेका छन् । १० लाखको पूँजी लगाएर उद्योगको सुरुवात गरेको अलीले बताएका छन ।

चप्पल उत्पादन गर्नका लागि कच्चा पदार्थ ( चप्पल बनाउने म्याट) बिरगञ्जबाट ल्याएको उनले बताए ।
पैसा कमाउन विदेशमा दुख गर्न जानु पर्दैन मिहीनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ अली भन्दछन । विदेश जाने युवाहरुलाई स्वदेशमै मेहनत गरेर रोजगारी गर्न सुझाव दिन्छन अली ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page