अर्थतन्त्र

कञ्चनपुर देखि कमला नदीसम्म चार लेनको सडक सुधार कार्यका लागि सव लेवल कमिटि गठन

डम्बर राई /
कञ्चनरुप सप्तरी , फागुन १९ गते ।
पूर्व पश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरदेखी सिरहाको कमला नदीसम्म चार लाइनको सडक सुधार कार्य संचालनमा आएको टोटल मेनेजमेन्ट कन्ट्रक्शन प्रालिले जानकारी दिइएको छ ।
आज बुधवार कञ्चनरुप नगरपालिकामा प्रालिका प्रतिनिधिहरु र नगरपालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरु बीच सडकको कार्य बिषयक छलफलमा यस्तो जानकारी हुन आएको हो ।
सडकको कार्य अवधिमा स्थानिय तहले गर्नुपर्ने सहयोग तथा खेल्नुपर्ने भूमिकाका लागि कञ्चनरुप सव लेवल कमिटि गठन गरेका छन् । १२ नम्वर वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षमा गठित सात सदस्य कमिटिको उपाध्यक्ष, सचिव, ससचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश वडा ८ का वडा अध्यक्ष राज कुमार साह, ९ का वडा अध्यक्ष लक्ष्मण यादव, वडा १२ का सदस्य दील कुमारी बिक, ११ का वडा अध्यक्ष मो. जिवरील, सदस्यद्वय महदैया मण्डल र सरोदेवी राम रहेका छन् ।

एशियाली बिकास बैंकको सहयोगमा सडक सुधार कार्यसँगै स्थानियवासीलाई सिप बिकास तालिमहरु समेत गराइने प्रालिका सामाजिक परिचालिका जीवन सिंहले जानकारी दिए । कुन कस्तालाई र कहिले तालिम दिइने भन्ने बारेमा नगरपालिकाले नै तय गर्ने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page