समाचार

विपन्न महिलाहरुका लागि अटो टेम्पो, अटो रिक्सा तालिम

कञ्चनरुप , ६ फागुन २०७७ । विपन्न महिलाहरुका लागि अटो टेम्पो, अटो रिक्सा चालक सम्बन्धित तालिम गराइने भएको छ ।
बिहिवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ को कार्यालय सभाहलमा एक कार्यक्रम बीच नगर प्रमुख बसन्त कुमार मिश्रले सो तालिमको उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथीको आसनबाट नगर प्रमुख मिश्रले अटो टेम्पो, अटो रिक्सा चलाउँन महिलाहरुले पनि सक्ने र यो पेशाबाट आफ्नै गाउँघरमा बसेर गर्न सकिने भएकोले यो तालिम संचालनमा ल्याइएको बताउनुभयो ।

बाहिर गएर सोचे जस्तो कमाइ गर्न नसकिने र आफ्नै गाउँघरमा लगानी गरेर दिगो व्यवसाय वा आम्दानीको श्रोत जुटाउँन पनि नसक्ने दयनिय अवस्थामा रहेका घरपरिवारलाई जीविकोपार्जन गर्न सीप विकल्प नरहेको नगर प्रमुखले भन्नुभयो । महिलाहरु पनि अब बेरोजगार रहनेछैन र आजसम्म बनिबुतो वा अर्काको घरमा काम गर्ने महिलाहरु भोलीको दिनबाट आफ्नै काम गरेर कमाउँन थाल्नेछ ।
समाजमा पछाडी परेका वा पारीएका विपन्न, गरीव महिलाहरुले यो तालिम सिकेर आत्म निर्भर बन्नसक्ने छ भन्ने सोंचका साथ नगर पालिकाले यो तालिम ल्याइएको हो भन्दै यसमा समावेश गरिएका महिलाहरुले तालिम सकेपछि आफुले सकेको सहयोग पुर्याउँनेछु नगर प्रमुखले बचन दिनुभएको छ ।
कञ्चनरुप, सप्तकोशी र राजविराज नगरपालिका गरि २० जना तालिममा सहभागी रहने र यसको अनुगमन तथा निगरानी रोजगार शाखाकी पुनम चौधरीसँगै आफूले गर्ने वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।

पिरामिड टेक्नीकल इन्सिटीच्युट प्रा ली. इटहरी ६ सुनसरीले तालिम गराइने प्रालीका संयोजक सरोज चौलागाइले जानकारी दिनुभएको छ । उहाँको अनुसार ३२ दिन (१६० घण्टा) गराइने यो तालिम आफ्नो संस्थाले प्रदेश २ मै पहिलो गरेको र महिलाका लागि यो तालिम यस प्रदेशमा पहिलो नै हुनसक्ने बताउनुभयो ।
कार्यक्रमा सीप विकास तालिम केन्द्र जनकपुरधामका रामरिझन महत्तो, रोजगार शाखाकी पुनम चौधरीले तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page