समाचार

सप्तकोसीमा विविध कार्यक्रम गरि ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवश मनाइयो

खगेन्द्र कार्की /
फत्तेपुर , ७ फागुन २०७७ ।
सप्तरीको सप्तकोसी नगरपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरि ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवश मनाएको छ।

सप्तकोसी नगरपालिकाको आयोजनामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसर पारेर फाल्गुन ६ गते नगरसरसफाइ , महिला फुटबल प्रतियोगिता , फाल्गुन ७ गते विभिन्न जनजातिको झाकी सहित नगरपालिका भरी प्रभात फेरि , नगरपालिका भरिका पुरुष जनप्रतिनिधि र कर्मचारी बिच फुटबल प्रतियोगिता , सप्तकोसीनगर स्तरियअन्तर विद्यालय हाजिरी जवाफ , निबन्ध र बक्तृवकला प्रतियोगिता हुने प्रमुख प्रशासकीय अधिकृत रामदेब चौधरीले जानकारि दिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page