समाचार समाज

प्रजातन्त्र दिवसको अवसरमा सप्तकोसीमा अन्तर विद्यालय स्तरिय विभिन्न प्रतियोगिता सम्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर , ७ फागुन २०७७ ।
सप्तरीको सप्तकोसी नगरपालिका मा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आस्मान नेपाल र सप्तकोसी नगरपालिकाको संयुक्त आयोजनामा सप्तकोसी नगर स्तरीय अन्तर विद्यालय हाजिर जबाफ , निबन्ध र बकतृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
सुरक्षित सिकाइ कार्यक्रम अन्तरगत बाल संरक्षण र लैङ्िगक हिंसा सम्बन्धि हाजिरी जबाफ ,निबन्ध ,बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको आसमान नेपालका सुरक्षित विद्यालय अधिकृत अमित दहितले जानकारी दिनुभयो ।

हाजिरी जवाफ तर्फ १६ वटा बिधालयले सहभागिता जनाएको प्रतियोगितामा लिटिल स्टार इ.बो स्कुल प्रथम ,ब्राइट्फ्युचर इ.बो स्कुल दोस्रो , राष्ट्रिय मा.बि तेस्रो र मोदर मेमोरियल स्कुलले चौथो हासिल गरेको थियो भने निबन्ध तर्फ सत्य कुमारी झा नन्द उमा पब्लिक माबि प्रथम , रस्मि श्रेष्ठ नन्द उमा पब्लिक माबि दोस्रो , बिजय राई गोबैज उ.मा.बि तेस्रो र चौथो सुस्ता बिस्ट नन्द उमा पब्लिक माबिले जितेका थिए ।
त्यसैगरी बक्तृत्वकला तर्फ सरिता पैकरा जनता मा बि भगनि प्रथम ,बर्षा सोनि राष्ट्रिय मा.वि फत्तेपुर दोस्रो , सुमित्रा परियार नन्द उमा पब्लिक मा बि तेस्रो र बिनोद राउत ब्राइट फ्युचरले चौथो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सप्तकोसी नगरपालिका भरिका सामुदायिक र निजि गरेर १६ वटा बिधालय को सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता विद्यार्थीलाई सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा ,उप प्रमुख आशा चौधरी , शिक्षा अधिकृत रमेशकुमार खड्का , आसमान नेपालका सुरक्षित बिधालय अधिकृत अमित दहितले पुरस्कार प्रमाणपत्र बितरण गर्नुभएको आसमान नेपालका सप्तकोसी प्रतिनिधि प्रमोद यादबले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page