समाज

मामाको बिहेमा भारदह आएका एक बालकको नालामा डुबेर मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

राजविराज , ९ फागुन २०७७ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेश मेहताको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले बताउनुभयो । मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको छ भने अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page