समाज

नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष चौधरीलाई मातृशोक

बृजमान तामाङ /
बिरेन्द्र बजार, ११ फागुन ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीलाई मातृशोक परेको छ । चौधरीको ९८ वर्षीया आमा बचकुनदेवी चौधरीको सोमबार बिहान ५ बजे बिराटनगरमा निधन भएको हो ।
१७ दिन अगाडी स्वास्थ्य अवस्था असहज भएपछि नोबेल अस्पताल बिराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उचार गर्ने क्रममा आमाको निधन भएको चौधरीले बताए । आमाको स्वास्थ्यमा खराबी देख्न साथ उपचारका लागि नोबेल अस्पताल बिराटनगर भर्ना गर्यौ चौधरी भने, त्याहाँ सम्भव नभए पछि धरान रेफर भयो, फोक्सोमा ट्युमर संगै क्यान्सरको आशंका देखियो । अस्पतालबाट डिस्चार्ज गरेको एक दिन नबित्दै बिराटनगर स्थित भाईको घरमा आमाको निधन भएको चौधरीले जानकारी दिए ।
चौधरीको आमालाई सोमबार सप्तरी सुरुङ्गा नगरपालिका ११ स्थित पुख्र्यौली गाउँ रामपुरमा जातीय संस्कार अनुसार अन्त्यष्टी गरिएको छ । स्वर्गीय चौधरीको ३ भाइ छोरा र ४ बहिनी छोरी छ्न् । जेठो छोरा महेन्द्र प्रसाद चौधरी रामपुर गाउँमा बस्दै आएका छ्न । चौधरी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत हुन ।
यसै बीच चौधरीको आमाको निधन प्रति नेपाल आदिबासी जनजाति महासंघ सप्तरीले शोक व्यक्त गरेका छ्न । पुर्व अध्यक्ष चौधरीको आमाको निधन भएको खबरले अन्त्यतै दुखित र मर्माहत भएका छौ , महासंघ सप्तरी अध्यक्ष बृजमान तामाङद्वारा जारी शोक बक्तब्यमा भनिएको छ, स्वर्गीय आमाको आत्माको चिरशान्तीको कामाना गर्दछौं, हामी शोकको यस दुखद घडिमा शोकाकुल परिवारजन प्रती हार्दिक संवेदना प्रकट गर्दछौ ।
महासंघद्वारा जारी शोक बकतब्यमा शोकाकुल चौधरी परिवारलाई धर्यधारण गर्ने शक्ति भगवान बुद्वले प्रदान गरुन भनी कामाना समेत गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page