समाचार समाज

मिरमिरे लघुवित्त वित्तिय संस्थाद्वारा रुपनगर चौक तथा प्रगति टोलमा सरसफाइ

कञ्चनरुप , ११ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित मिरमिरे लघुवित्त वित्तिय संस्थाले रुपनगर चौक र प्रगति टोलमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार बिहान ९ बजेको समयमा रुपनगर चौकबाट जनचेतनाका लागि सरसफाइ भन्ने नाराकासाँथ चौक परिसर र गाउँ टोल समेतका सडकमा फोहोरमैला वडारेर सरसफाइ गरेको हो । सो अवसरमा आयोजक संस्थाका सामाजिक तथा तालिम प्रमुख विकल काफ्लेले स्वास्थ्य जीवनले आयुलाई बृद्धि गर्ने र बाँचुन्जेल सम्म कुनै पनि प्रकारको शरीरमा चिरचराउ नहुने बताउनुभयो । तसर्थ स्वस्थ जीवनका लागि सरसफाइका निम्ति सधैं ध्यान पु¥याउन उहाँले सुझाव दिनुभयो । आफ्ना घर वरपर मात्र सरसफाइ गरेर पुग्दैन हामीले गाउँ टोलमै सरसफाइका लागि समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आउनुपर्छ ।

टोल विकास संस्थाका अध्यक्ष हेमप्रसाद अधिकारीले समाजलाई राम्रो बनाउन सरसफाइले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यस्ता कार्यका लागि संगठित भएर जुट्नु पर्छ भन्दै सरसफाइमा निरन्तरता दिइन आफ्नो चासो रहने बताउनुभयो ।
प्रगति टोल विकास संस्था कञ्चनरुप १२ रुपनगर प्रगतिटोलका प्रायोजनमा भएको उक्त सरसफाइ कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय कंचनपुर , कञ्चन सञ्चार समूह , नारी एकता समाज रुपनगर, रुपनगर चौक बजार व्यवस्थापन समिति र रुपनगर बुकिङ्ग काउन्टर समेतको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page