कोशी प्रदेश समाज

मेची पुलमाबाट ५ ग्राम ब्राउनसुगर सहित एक पक्राउ

झापा, फागुन १३ गते । झापाको मेची पुलमाबाट ५ ग्राम ब्राउनसुगर सहित एक पक्राउ परेका छन् ।
दमक नगरपालिका ९ का २५ वर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो ३ बजे मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडिभिट्टा झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page