खेलकुद

सप्तरी प्रिमियर लिग चैत्र ५ गतेदेखि हुने

सप्तरी , फागुन १३ गते। सप्तरी प्रिमियर लिग आगामी चैत्र ५ गतेदेखि हुने भएको छ ।
तेस्रो संस्करण अन्तर्गत राज रङ्गशाला राजविराजमा आयोजना हुन लागेको लिगमा ५ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता विगतको संस्करणभन्दा स्तरीय हुने संघका अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो ।
विजेतालाई रु ३ लाख नगद र मेडल उपलब्ध गराइने छ भने उप–विजेतालाई प्रदान गरिने पुरस्कारबारे छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page