कोशी प्रदेश समाचार

बिराटनगरबाट भारतिय २ लाख ४६ हजार रुपैया सहित एक पक्राउ

बिराटनगर, फागुन १४ गते । बिराटनगरबाट भारतिय रुपैया सहित एक जना पक्राउ परेका छन् ।
बिहीबार बेलुका बिराटनगर १७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ वर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरेको हो ।
भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका सिंहको साथबाट भारतिय रुपैया ५ सय दरको नोट ३ सय ८८ थान, २ हजार दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगरमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page