राजनीति

नेकपा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई

काठमाडौं, फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई चयन गरेका छन् ।
शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।
ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम आजबाट लागू हुने गरी विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page