राजनीति

संगठन सुदृढीकरण र संगठन विस्तारमा लाग्न कार्यकर्तालाई काँग्रेस जिल्ला सभापति यादवको आग्रह

कञ्चनरुप , १५ फागुन । कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन भएको छ ।
नेपाली कांग्रेस १२ नम्बर पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस जिल्ला सभापति दिनेश कुमार यादवले पार्टीमा एकता र संगठन सुदृढ नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भएकाले पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अहिले कार्यकर्तामा जोस र जाँगरका साँथ बृहत उपस्थितिले पार्टीमा उर्जा थपिएको भन्दै ७० वर्ष पहिलेदेखि नेपाली काँग्रेसको अगुवाइमा संविधान सभा मार्फत संविधान ल्याउन सफल भएकाले संविधानको रक्षा पनि नेपाली काँग्रेसले नै गर्ने बताउनुभयो ।
जहिले भएपनि चुनाव हुन्छ , अहिले नेपाली काँग्रेसलाई राम्रो अवसर छ त्यसैले अहिलेदेखि सबै एक जुट भएर चुनावको तयारीमा जुट्न यादवले जोड दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला उप सभापति भुवनप्रसाद आचार्यले पार्टीलाई अगाडि बढाउनका लागि कार्यकर्ताहरु अनुसाशित र मर्यादित भई पार्टीको संगठनमा लागि पार्टी मजबुत बनाउनु पर्ने बताउनु भयो ।
१ नम्बर क्षेत्रका क्षेत्रिय सह सभापति ललनप्रसाद गुप्ताले कार्यकर्ताको सम्मान र संरक्षण भएमात्र पार्टी मजबुत हुने र पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रिय सदस्य हेमराज तातेड, संविधान सभा सदस्य डा. सुवोध पोखरेल, महासमिति सदस्य जितबहादुर श्रेष्ठ , उपप्रमुख निरु पोखरेल , बुद्धिजिवि संघका जिल्ला सभापति भागवत यादव, ३ नम्बर क्षेत्रका पूर्व सभापति भगतिप्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा शिवनारायण श्रेष्ठ , अर्जुन श्रेष्ठ, भरतमणी निरौला, एकबहादुर राउतलाई दोसल्ला ओढाए सम्मानपत्र सहित सम्मान गरिएको थियो भने स्व आसीन मियाँ , स्व कुलनारायण श्रेष्ठ , स्व सौकात अली, स्व नरेन्द्र बहादुर खत्रीलाई मरणेप्रान्त उहाँका परिवारलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्वागत मन्तव्य क्षेत्रिय प्रतिनिधि अमर श्रेष्ठले गर्नुभएको थियो भने १२ नम्बर वडा नेपाली काँग्रेसका सभापति राजनप्रसाद निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page