समाचार

उदयपुरको त्रियुगाबाट लागुऔषध सहित एक जना पक्राउ

उदयपुर, फागुन १६ गते । उदयपुरको त्रियुगामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका ५ का २५ वर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
आइतबार दिउसो सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN – ३० एम्पुल र DIAZELAB – ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page