खगेन्द्र कार्की /
फत्तेपुर, १७ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकाले १७ गते लिन लागेको टिएलएम शिक्षकहरुको परीक्षा हलमा तालाबन्दी हुदा २ घन्टा ढिलो गरेर परीक्षा शुचारु भएको छ।
सप्तकोसी नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुको आधारभूत तथा माध्यमिक तहमा गरि १८ जनाको भ्याकेन्सि खुल्ला गरि फाल्गुन १७ गते हुन लागेको टिएलएम आधारभूत तहको करार शिक्षकहरुको परीक्षा स्थगनको मागराख्दै नेकपा प्रचण्ड नेपाल समूह, जसपा,र राप्रपा नेपालले संयुक्त रुपमा परीक्षा हलमा ताला बन्दि गरि परीक्षामा अबरोध गर्दा परीक्षा २ घन्टा अबरोध भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/156474050_456580635756032_6033719444202546150_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/156474050_456580635756032_6033719444202546150_n.jpg)
परीक्षा हुने समय ११ बजे तोकिए ता पनि तालाबन्दीका कारण २ घन्टा ढिलो गरेर नगरपालिकाले प्रशासनको रोहवरमा ताला खोलि १ बजे बाट पुन परीक्षा शुरु गरेको शिक्षा अधिकृत रमेश कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभूत तहको १७ गते हुने परीक्षामा ५१ जना परीक्षार्थीले आवेदन दिएका छ्न् भने १८ गते हुने माध्यमिक तहमा ११ जनाले आबेदन दिएका छ्न् ।
विभिन्न ९ बुधे माग राख्दै सप्तकोसी नगरपालिकाका ८ वटा वडा अध्यक्षहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउदा समेत नगर प्रमुखले वेवास्त गरि जबर्जस्ति परीक्षा शुरु गर्न लागेकोले परीक्षा हलमा तालाबन्दी गरिएको जसपाका नगर अध्यक्ष रामकुमार यादबले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/155034857_200520071816121_3816633573508803368_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/155034857_200520071816121_3816633573508803368_n-1024x768.jpg)
परीक्षा हलमा तालाबन्दी पछि पत्रकार सम्मेलनको आयोजना गर्दै दलहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू खुशि आफन्त लाई नियुक्ति गर्ने गरेकोले बिगतमा भएको गणकको परीक्षा रद्ध गरि पुन गर्नु पर्ने र नगरपालिकामा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको बैठक नै नबसि बिधि प्रक्रिया मिचेर भएका सबै प्रकारका नियुक्तिहरु खारेज गरि बिधिसम्मत पारदर्शी तरिकाबाट कर्मचारी भर्ना नगरि कसैलाई थाहा नदिइ आफन्त र कर्मचारीका छोरि श्रीमतीलाई नियुक्ति गर्न खोजिएको ले परीक्षा हलमा तालाबन्दी गरिएको सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
पत्रकार सम्मेलनमा जसपाका नगर अध्यक्ष रामकुमार यादव , राप्रपाका नगर अध्यक्ष जयराम ढुंगानाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू खुशि आफन्तलाई नगरपालिकामा कर्मचारी नियुक्ति गरेकोले बाध्य भएर आफूहरुले तालाबन्दी गरेको बताउनुभयो।
कर्मचारी नियुक्ति र तालाबन्दीको विषयमा नगर प्रमुख उत्तम कुमार शर्मासँग बुझ्दा कर्मचारी नियुक्त गर्दा नगरपालिका बिधिसम्मत नै सार्बजनिक रुपमा सूचना प्रकाशित गरेर नै परीक्षा गरिएकोले यसलाई अबैधानिक भन्न नमिल्ने बताउनुभयो । गणक हरुको परिक्षा मात्रै भएको परीक्षामा पास भएकाहरुलाई अहिले सम्म नियुक्ति गरिएको छैन यदि कसैलाई संका लाग्छ भने छानबिन समिति बनाएर छानबिन गर्न समेत आग्रह गर्नुभएको छ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/153825156_509818486674274_5404395590676641496_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/153825156_509818486674274_5404395590676641496_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
दाइ को चाहिँ चुतिया हो।अब जनतालाई बुझाइदिनुपर्यो ।